+
+
Shares

सुनसरी दुर्घटना : मृतकको संख्या ५ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १६:२०

१९ माघ, विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा आइतबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ ।

तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा माइक्रोबसका चालक धादिङ बैरेनीका दिपक खड्का, माइक्रोबसमा सवार झापा भद्रपुर– ५ की ६८ वर्षीया डोलकुमारी कोइराला, उनका श्रीमान हेमराज कोइराला, झापा चन्द्रगढीकी १८ वर्षीया गरिमा गौतम र झापा भद्रपुर–७ का ४५ वर्षीय टंकप्रसाद काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा परी माइक्रोबसमा सवार झापा कचनकवलका २५ वर्षीय कृष्ण चौहान, काठमाडौं अनामनगरकी ७ वर्षीया अग्रिता श्रेष्ठ, २८ वर्षीया रमुना श्रेष्ठ, दमक ३ का ३० वर्षीय बमबहादुर बस्नेत, झापा चन्द्रगढीका १२ वर्षीय विनियस काफ्ले, झापा धरमपुरका ३७ वर्षीय होमबहादुर कार्की, मोरङ पथरीका ४९ वर्षीय डिल्लीराम बास्कोटा, झापा भद्रपुरकी ४१ वर्षीया ताराकुमारी राय, ३८ वर्षीया माया काफ्ले, ३५ वर्षीया सावित्रा राई र माइक्रोबसका सहचालक सोलुखुम्बुका २३ वर्षीय केदार बस्नेत घाइते भएका छन् ।

घाइतेहरुको एपेक्स हस्पिटल इटहरी, धरानको घोपामा, विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

दुर्घटनाको कारण तीव्र गति

पाँच जनको ज्यान जानेगरी भएको सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति भएको प्रहरीले बताएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक भीम दाहालका अनुसार दुर्घटनामा परेका दुबै सवारी साधन तीव्र गतिमा थिए । बिहानको हुस्सु लागेको मौसममा तीव्रगित भएका कारण दुर्घटनामा ठूलो मानवीय क्षति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?