Comments Add Comment

सप्तरीको बोदेबरसाईनमा सशस्त्रको बीओपी स्थापना

१९ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिकामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले आइतबार बोर्डर आउट पोष्टको उद्घाटन गरेका हुन् ।

बोदेबरसाईन–५ मा बीओपी स्थापना भएसँगै सप्तरीमा सशस्त्र प्रहरीको ७ वटा बीओपी भएको छ । अझै २ वटा थपेर ९ वटा पुर्‍याउने लक्ष्य राखिएको छ । सप्तरीकै जोगनिया र बेलीमा बीओपी स्थापना गर्ने निर्णय भइसकेको छ । त्यसका लागि जग्गाको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रका सुरक्षालाई प्रभावकारी बनाउन र चोरी तस्करी नियन्त्रणका लागिसीमा क्षेत्रमा बीओपी थप गर्न लागेको छ ।

बोदेबरसाईन–९ शुभरनपट्टीमा स्थापना तयारी गरिएपनि जग्गाको अभाव देखिएका कारण पहिले सुरक्षा बेस क्याम्प रहेकै स्थानमा बीओपी स्थानपना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

आवश्यकता अनुसार प्रदेश नं २ का अन्य जिल्लामा पनि बीओपी स्थापना हुने सशस्त्र प्रहरीको भनाइ छ । बीओपी स्थापनापछि सीमा क्षेत्रको सुरक्षा मजबुत हुने र चोरी तस्करीमा कमी आउने दावी सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालको छ ।

सीमा ठाउँमा स्पष्ट पिलर नहुँदा दशगजामा अतिक्रण हटाउन र सीमा क्षेत्रलाई व्यवस्थित गर्न समस्या भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment