Comments Add Comment

ठोरीमा जंगली हात्तीको आतङ्क, एकै रातमा ५ घर भत्कायो

१९ माघ, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँपसेको जंगली हात्तीले पर्साको ठोरीमा आतङ्क मच्चाएको छ ।

जंगली हात्तीले शनिबार राति ठोरी गाउँपालिका–१ र २ मा गरि ५ वटा घर भत्काएर क्षति पुर्‍याएको निर्मल ठोरी उपभोकता समितिका अध्यक्ष बालकुमार बस्नेतले बताए ।

बस्नेतका अनुसार जंगली हात्तीले ठोरी गाउँपालिका १ चौतारा बस्ने लालबहादुर तामाङको घर भत्काइदिएको छ । यस्तै ठोरी १ कै अरुण तामाङको घर, समीर गोलेको भान्साघर, प्रतापसिंह मोक्तानको घर र ठोरी गाउँपालिका २ का हरिबहादुर विकको भान्साघर पनि भत्काएर क्षति गरेको उनले बताए ।

हात्तीले स्थानीयको घरमा भण्डारण गरि राखेको धान तथा मकै खाइदिनुका साथै छरेर क्षति पुर्‍याएको उनले बताए ।

रात परेपछि चितवन राष्ट्रिय निकुञ्जबाट जंगली हात्ती गाउँपसेर उपद्रो मच्चाउन थालेपछि जनजीवन आतङ्कित बनेको बस्नेतले बताए ।

गाउँमा पसेर हात्तीले घर भत्काउँदै वितण्डा मच्चाउन थालेपछि सर्वसाधरण समसाँझै घरबाट बाहिर निस्कने वातावरण नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment