Comments Add Comment

डान्स बारमा युवकमाथि निर्घात कुटपिट, ५ जना पक्राउ

१९ माघ, काठमाडौं । काठमााडौंको रातोपुलस्थित अण्डरग्राउण्ड डान्स बारमा एक युवकमाथि निर्घात कुटपिट भएको छ ।

गुल्मीको इश्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं–२७, डिल्लीबजार बस्ने २८ वर्षीय टपेन्द्र पन्तमाथि कुटपिट भएको हो ।

उनलाई अहिले धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न जाजरकोटका ३४ वर्षीय गोपाल वटाला, सिन्धुलीकी १९ वर्षीया अस्मिता दुनुवार, महेन्द्रनगरका २२ वर्षीय गणेश साउद, सिन्धुपाल्चोकका २६ वर्षीया अनिता लामा र सविन श्रेष्ठ छन् ।

पीडितका आफन्तले काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तम सुवेदीलाई घटनाबारे जानकारी गराएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एक्लै खाना खान गएका पन्तलाई एक सेट खानाको १२ हजार रुपैयाँ बिल उठाएपछि विवाद भएको थियो । त्यस क्रममा रेष्टुरेन्ट सञ्चालक तथा अन्य कर्मचारीले उनीसँग भएको ५० हजार रुपैयाँ पनि लुटपाट गरेको भेटिएको डीएसपी बोगटीले बताए ।

‘लुटपाटपछि ज्याकेट खोसेर पेट र टाउकोसहित शरीरको विभिन्न अंगमा कुटपिट गरी राति साढे १२ बजे बाहिर ल्याएर छाडेको देखिन्छ’, उनले भने, ‘परिवारलाई खबर गरेपछि १ बजे राति उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।’

पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment