+
+
Shares

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै, ५० बढी कार्यपत्र प्रस्तुत हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १८:१०

१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्त सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । ‘इकोनमिक एन्ड फाइनान्स कन्फरेनस’ नाम दिइएको उक्त सम्मेलन काठमाडौंमा गर्न आवश्यक तयारीका लागि यतिबेला राष्ट्र बैंक जुटेको छ ।

सम्मेलन सफल बनाउनका लागि राष्ट्र बेंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा आयोजक समिति समेत बनाइसकेको छ । श्रेष्ठको संयोजकत्वमा अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, गभर्नर कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मास्के, अनुसनधान विभागका निर्देशक डा. रामशरण खरेल सदस्य रहने गरी आयोजक समिति बनाइएको छ ।

तेस्रो पटक हुन लागेको यस सम्मेलनमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा वित्तन्न देशका केन्द्रीय बैंकका प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्ने ति कार्यपत्रहरुमा माथि छलफल हुने आयोजक समितिका सदस्य समेत रहेका राष्ट्र बैंकका प्रवक्ता भट्टले जानकारी दिए ।

सम्मेलन आगामी फागुन १६ रर १७ गते चल्ने छ । जसमा वित्तीय संघीयता, सार्वजनिक वित्त, अन्तर्राष्ट्रि व्यापार, विनिमय दर व्यवस्था, पुँजी प्रवाह, रेमिट्यान्स लगायतका विषयमा ५० भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने प्रवक्ता भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?