+
+
Shares

एसएसपी राणाको स्वास्थ्य परीक्षण, सोमबार म्याद थप हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १८:२१

१९ माघ, विराटनगर । जरबरजस्ती करणी आरोपमा प्रहरी नियन्त्रणमा रहेका निलम्बित एसएसपी सौरभ राणाविरुद्ध सोमबार मात्र म्याद थप गरिने भएको छ ।

आइतबार जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भएपछि आफै हाजिर भएका राणालाई थुनामा राख्न सोमबार म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए । ‘आज मेडिकल गर्दा ढिलो भयो,’ उनले भने, ‘भोलि म्याद थप हुन्छ ।’

यौन शोषणको लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी राणा शनिबार काठमाडौं जाने तयारीमा थिए । तर पक्राउ पर्ने भएपछि आइतबार आफै हाजिर भएका हुन् ।

राणालाई एक महिलामाथि यौन शोषण गरेको उजुरी परेपछि गृहमन्त्रालयले बिहीबार निलम्बन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?