+
+

दीपक मनाङ्गेको नाम लिएर गुण्डागर्दी, दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते २०:३१

१९ माघ, काठमाडौं । ठमेल ज्याठास्थित एक होटलको फ्ल्याट नै कब्जा गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङ्गेको नाम लिएर फ्ल्याट कब्जा गरेको आरोपमा ३० वर्षीय र्‍याम्बो भनिने कोर्ते गुरुङ र ४५ वर्षीय टाँसी गुरुङ पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार होटल संकट एण्ड अपार्टमेन्टको १०३ नम्बर कोठामा तीन महिनादेखि उनीहरु बसिरहेका थिए ।

पैसा माग्दा होटल सञ्चालकलाई गाली गलौज र फ्ल्याटमा तोडफोड समेत गरेको उजुरी परेको उनले जनाए । दुवै जना यसअघि पनि विभिन्न कसूरमा पक्राउ परिसकेका व्यक्ति भएको थापाको भनाइ छ ।

उनीले गुण्डागर्दीमा प्रयोग गर्ने गाडी र धारिलो हतियार पनि बरामद गरिएको महाशाखाका एसपी मुकेश सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?