Comments Add Comment

नेकपामा ब्युँतियो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा, विमति राख्नेकै काँधमा एमसीसी

२० माघ, काठमाडौं । नेकपाको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकमाथि आजका सबैजसो दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । त्यस्तै, चीनबाट नेपाली विद्यार्थी फर्काउन भइरहेको तयारीबारे पनि पत्रपत्रिकाहरूले समाचार बनाएका छन् ।

‘प्रत्यक्ष निर्वाचित राष्टपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहस सुरु’ शीर्षकमा नयाँ पत्रिकाले आज मुख्य समाचार लेखेको छ । जनताबाट निर्वाचित सांसदबाट कार्यकारी प्रमुख निर्वाचित हुने अहिलेको व्यवस्थाको विकल्प खोज्न नेकपाले बहस आरम्भ गरेको हो ।

नयाँ पत्रिकाका अनुसार, नेकपाको केन्द्रीय समिति बैठकबाट उपाध्यक्षको जिम्मेवारी पाएका वामदेव गौतमले अहिलेको शासकीय स्वरूपमा परिमार्जन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाने विषयमा पार्टी सचिवालय बैठकमै छलफल भएको बताएका छन् । उनले भनेका छन्– प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको शासकीय प्रणालीमा जानेबारेमा गहन छलफल गरेका छौं । प्रत्यक्ष निर्वाचित राष्ट्रपति भयो भने धेरै राम्रो हुन्छ । त्यो भएन भने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्छन् । यो स्थितिमा अब सांसदहरूको भूमिका फरक हुन्छ ।

नेकपाले नेताका सम्पत्ति छानबिन गर्ने भएको खबर अन्नपूर्णमा छापिएको छ । त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय नेकपालले गरेको छ ।

यसअघि पनि नेकपाले पटकपटक नेताको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । तर, त्यो कार्यान्वयनमा आएको थियो ।

‘विमति राख्ने खनालकै काँधमा एमसीसी’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार लेखेको छ । समाचार अनुसार, एमसीसी आईपीएसअन्तर्गत नै हो र कुनै हालतमा अनुमोदन गर्न हुन्न भनेर यसअघि मत राख्ने वरिष्ठ नेता झलनाथ खनाललाई नै कार्यदलको संयोजक बनाइएको छ । एमसीसीका विषयमा सबैभन्दा चर्का आलोचक स्थायी कमिटी सदस्य भीम रावल र पारित गर्नुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कार्यदलको सदस्य बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment