Comments Add Comment

‘लभ डायरीज’ गीतः रुविना विना सुशिललाई ‘अधुरो लाग्छ जीवन’

चलचित्र ‘लभ डायरीज’ रिलिज हुन दुई साता मात्र बाँकी छ । फागुण २ गतेबाट रिलिज हुने यो चलचित्रको गीतसंगीत र ट्रेलरले दर्शकलाई आकर्षित गरिरहेका छन् ।

चलचित्रको निर्माणपक्षले चलचित्रमा समावेश प्रेम भावको गीत सार्वजनिक गरेको छ । ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको गीतमा मानष विक्रम थापाको शब्द, प्रविण पौडेलको संगीत तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ ।

सौरभ चौधरीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा संजय लामाको छायांकन छ । सौरभको निर्देशनमा बनेको यो चलचित्रले दुई यूवा र एक यूवतीको प्रेमको कथा भन्छ ।

विनोद सापकोटाको लगानीमा तयार भएको चलचित्रमा एसोसियट डिरेक्टर साहिल खान हुन् । चलचित्रमा नायक सुशिल श्रेष्ठ, नव–नायिका रुविना थापा र कलाकार विश्वजीत रिमालको अभिनय छ । मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, संजय लामाको छायांकन, रहेको यो चलचित्रका केही संवादले दर्शकको मन जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment