Comments Add Comment

कोरोना भाइरस : इन्फेक्सनबाट बच्न के गर्ने ?

सास फेर्न गाह्रो हुने कोरोना भाइरसको पहिचान वुहान शहरबाट पहिलो पटक भएको हो । तीव्र गतिमा फैलने यस संक्रमणले निमोनियाको जस्तो लक्षण देखाउँछ ।

चिनियाँ अधिकारीहरुले संक्रमण बढ्नबाट रोक्नाका लागि केही शहरहरुलाई देशको बाँकी भागहरुसंग अलग गरेको छ । अहिले चीनमा नयाँ बर्षको उल्लास मनाउने समय हो तर परिवर्तित परिस्थितिहरुमा विभिन्न प्रमुख कार्यक्रमहरु रद्द गरिएका छन् ।

चीनमा देखिएका घटनाहरु

चीनमा कोरोना भाइरसका कारण सैयौं मानिस संक्रमित भएका छन् । चीनको लगभग बीचमा पर्ने हुबेई प्रान्त कोरोना भाइरसको सबैभन्दा धेरै प्रभावित क्षेत्र हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणका केशहरु अझ बढ्न सक्ने चेतावनी दिएको छ ।

चीनियाँ अधिकारिहरुले पनि कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि विभिन्न किसिमको कदम उठाएका छन् । हुबेई प्रान्तका विभिन्न शहरहरुको यात्रामा प्रतिबन्ध लगाएको छ र मानिसहरुलाई सार्वजनिक स्थानहरुमा मास्क लगाएर मात्र जान निर्देशन दिएको छ ।

चीन सरकारले शांघाईको फरबिडेन सिटी र ग्रेट वाल अफ चीनको केही भागहरु, यहाँ सम्म कि विभिन्न बौद्ध मन्दिरहरु पनि बन्द गरिदिएको छ । अहिले चीनमा नयाँ बर्षको उल्लासको मनाउने समय हो । हप्ता दिनको छुट्ट िशुरु भैसकेको छ । लाखांै मानिसहरु घर जानका लागि तयारी गर्छन् । तर अहिलेको स्थितिमा प्रतिबन्धहरुको लिस्ट लामो हँुदै गएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय आपतकालीन घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडहानोम ग्रब्रेएसुस भन्छन्-‘कुनै गल्ति नगर्नुहोस् । यो कठिन समय हो । चीनमा आपतकाल जस्तो स्थिति छ ।’

सबैभन्दा धेरै प्रभावित क्षेत्र हुबेई

हुबेई प्रान्त महामारी केन्द्र जस्तै भएको छ । त्यहाँ हालसम्म कोरोना भाइरसका  कारण हजारौं मानिसहरु प्रभावित भैसकेका छन् । यो प्रान्तको दशवटा शहरहरुका करिव दुई करोड मानिसहरु यात्राका लागि प्रतिबन्धित भएका छन् । जसका कारण उनीहरुको जनजीवनै प्रभावित भएको छ । यी शहरहरु मध्ये वुहान शहर जहाँ सबैभन्दा पहिला कोरोना भाइरसको पहिचान भएको थियो ।

वुहान हुबेई प्रान्तको राजधानी पनि हो । कोरोना भाइरसको शुरुवात शहरको सीफूड मार्केटबाट भएको मानिन्छ । वुहानको जनसंख्या करीब एक करोड दस लाख रहेको छ ।

चीनियाँ सरकारले यो शहर बन्द गरिदिएको छ । विमान सेवाहरु र शहरबाट बाहिर र शहरमा प्रवेश हुने रेल सेवाहरु पनि स्थगित गरिदिएको छ ।

वुहान युनिभर्सिटी अफ टेक्नोलजीको एक भारतीय छात्र चन्गथान पेपे विफहोवजितले बीबीसीलाई भने-‘मेरो यूनिभर्सिटीमा हरेक छात्रको शरीरको तापक्रम हरेक दिन जाँचिन्छ । सबैलाई लगाउनका लागि मास्क दिइएको छ । यूनिभर्सिटीको आफ्नै अस्पताल र एम्बुलेन्स सेवा छ ।’

सामाजिक सञ्जालमा वुहानका भिडियोहरु शेयर भैइरहेका छन् । जसमा स्थानीय अस्पतालहरुको बाहिर लामो लाइन देखिन्छ ।

मेडिकल सेवाहरुको बढ्दो आवश्यकता पूरा गर्नका लागि प्रशासनले शहरमा हजार बेड भएको एउटा नयाँ अस्पताल निर्माण गरेको छ । हुबेईको सरकारी पत्रिका अनुसार चाङ्जीआङ डेलीमा अस्पताल प|mेरवरी ३ सम्म तयार हुन्छ ।

कोरोना भाइरसको को सन्त्रास

चीन बाहेक थाइल्यान्ड, भियतनाम, ताइवान, दक्षिण कोरिया, सिंगापुर, जापान, अमेरीका, अस्ट्रोलिया, फ्रान्स र हाम्रो देश नेपालमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइन्छ । अन्य देशहरु जस्तै बेलायत र क्यानडामा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर जाच भैरहेको छ । विभिन्न देशहरुले चीनबाट आउने यात्रुहरुलाई जाँच्नका लागि एयरपोर्टमा कडा सुरक्षाको व्यवस्था गरेको छ ।

ताइवानले वुहानबाट आउने मानिस माथि प्रतिबन्ध लगाइदिएको छ र अमेरिकाले चीनमा रहेका आफ्ना नागरिकलाई अतिरिक्त सावधानी अपनाउने सल्लाह दिएको छ ।

कोरोना भाइरसको लक्षणहरु

कोरोना भाइसर अति नै सामान्य हुुन्छ । यसको शुरुवाती लक्षणहरु सजिलै थाहा पाउन सकिन्छ । सास फेर्न गाह्रो हुनु, रुघाखोकी र नाकबाट पानी बगिरहनु ।

वुहानबाट शुरु भएको यो महामारीका लागि जिम्मेवार यस विषाणुलाई नोवल कोरोना भाइरस नाम दिइएको छ । यो कोरोना परिवारको एउटा नयाँ प्रजाती भएको थाहा भएको छ, जसको पहिचान अहिलेसम्म मानिसहरुमा भएको छैन ।

कोरोना भाइरसबाट संक्रमण हुँदा यसको शुरुवात ज्वारोबाट हुन्छ । त्यसपछि सुख्खा खोकि लाग्न थाल्छ । हप्ता दिनसम्म त्यस्तो समस्या रहनाले सास फेर्न गाह्रो हुने समस्या उत्पन्न हुन्छ ।

तर यसले गम्भिर रुप लियो भने निमोनिया अथवा सार्स हुन सक्ने र किड्नी पनि फेल हुने स्थिति आउने र बिरामीको मृत्यु समेत हुन सक्छ । कोरोनाका प्रायः बिरामीहरु वयस्कहरु रहेका छन्, जो पहिला बाट नै डायबिटिज जस्तो रोगहरुको सामना गरिरहेका हुन्छन् ।

लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसीनका डाइरेक्टर प्रोफेसर पीटर पियोट भन्छन्-‘कोरोना भाइरस सार्स विषाणुको तुलनामा कम घातक हुन्छ । अतीतको तुलनामा पनि विश्व स्तरमा सूचनाको धेरै र राम्रो आदनप्रदान भएको छ । यस्तो हुनु महत्वपूर्ण पनि छ,एउटा सम्भावित महामारीबाट कुनै पनि देश एक्लै लड्न सक्दैन ।’

यो संक्रमणबाट मुक्ति पाउनका लागि त्यस्तो खासै कुनै उपचार फेला परेको छैन । अहिले डाक्टरहरुले संक्रमित बिरामीहरुको उपचार उनीहरुको लक्षणको आधारमा नै गरिरहेका छन् ।

बच्नका लागि के गर्न सकिन्छ ?

विश्व स्वास्थ्य संगठनले प्रभावित स्थानहरुका मानिसहरुलाई शुरुबाट नै निर्धारित सामान्य सावधानीका उपायहरु अपनाउने सल्लाह दिएको छ जसले संक्रमणको खतरालाई क मगर्न सकिन्छ । ती उपायहरु हात सफा राख्ने, मास्क लगाउने र खानपानमा ध्यान दिने जस्ता सल्लाहहरु समावेश छन् ।

साससंग सम्बन्धित समस्याहरुबाट संक्रमित बिरामीहरुको नजिक जानबाट बच्ने सल्लाह दिइएको छ । विशेष गरेर कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आए लगत्तै नियमित रुपले हात सफा गर्ने, घर पलुवा  अथवा जंगली जनावरहरुबाट टाढा रहने सल्लाह पनि दिइएको छ । काँचो अथवा आधा पाकेको मासु नखाने सल्लाह दिएको छ ।

कोरोना भाइरसबाट संक्रमित मानिसहरुले खोक्दा अथवा हाक्छ्यँ गर्दा पनि रोग सर्न सक्ने भएकाले यसबाट पनि बच्ने सल्लाह दिइएको छ । त्यसका लागि नाकमा कपडा अथवा टिस्यू राख्ने, बिरामीसंग एउटा दूरीमा रहने, नियमित रुपले सरसफाइ गर्ने जस्ता सावधानी अपनाउने सल्लाह दिइएको छ ।

यदि कोहि संक्रमित भएमा

चीनको सरकारले कोरोना भाइरसको महामारीलाई अतितमा सार्सको महामारीमा दिएको दर्जा दिएको छ । यसको अर्थ देशमा जो कोहिलाई पनि यसको संक्रमित भएको पुष्टि हुन्छ, उसलाई भिन्दै राखिने छ ।

विश्व स्वास्थ्य संगठनले अस्पताल, डाक्टर र स्वासथ्यकर्मीहरुका लागि विशेष सल्लाह जारी गरेको छ । संक्रमितलाई तुरुन्त जाँच गर्नु पर्छ । संक्रमण अनुसार बिरामीलाई हल्का, मध्यम अथवा गम्भिर स्थितिको वर्गमा राख्नु पर्छ भनेर इड्भाइजरीमा भनिएको छ ।

स्वस्थ्यकर्मी स्वयं संक्रमणको शिकार नहुन भनि सबैलाई सवधानी अपनाउन सल्लाह दिइएको छ । गाउन, मास्क, पन्जाहरुको प्रयोग गर्ने बाहेक अस्पतालमा संक्रमित बिरामीको गतिविधिहरुमाा पनि नियन्त्रण गर्ने सल्लाह पनि दिएको छ ।

बिबिसी हिन्दी अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment