Comments Add Comment

मुम्बइबाटै कमायो ‘तान्हाजी’ले ११८ करोड

नायक अजय देवगण र नायिका काजोलले अभिनय गरेको चलचित्र ‘तान्हाजी’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरेको छ । रिलिजको चौथो हप्तामा पनि यो चलचित्रको व्यापारिक रफ्तार रोकिएको छैन ।

यसैविच, यो चलचित्रले भारतको मुम्बई सर्किटमा नयाँ रेकर्ड कायम गरेको छ । यो चलचित्रले मुम्बई एरियामा मात्र ११८ करोडको व्यापार गरेको छ । चलचित्रले मुम्बई सर्किटमा ‘टाइगर जिन्दा हे’ले बनाएको रेकर्ड तोडेको हो । चलचित्र ‘बाहुवली २’ले मुम्बई सर्किटमा १९१ करोड कमाएको थियो ।

यस्तै, चलचित्र ‘पीके’ले १०५ करोड, ‘दंगल’ले १०४ करोड तथा ‘सञ्जु’ले १०२ करोड कमाएको थियो ।

यस्तै, चलचित्र ‘टाइगर जिन्दा हे’ले १०९ करोडको नेट कलेक्शन मुम्बइबाट मात्र गरेको थियो । अब, यो रेकर्डलाई तोड्दै मुम्बईबाट मात्र सर्वाधिक धेरै कमाई गर्ने चलचित्रमा ‘तान्हाजी’को नाम आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment