Comments Add Comment

१ करोड १५ लाखमा बिक्यो ‘सेन्टी भाइरस’को विदेश राइट्स

धुर्मुस–सुन्तलीको प्रस्तुतिमा तयार भएको सिनेमा ‘सेन्टी भाइरस’को विदेश राइट्स विक्री भएको छ । चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलका अनुसार, यो सिनेमाको विदेश राइट्स अमेरिकाको नेप्सिने कम्पनीले १ करोड १५ लाखमा खरिद गरेको छ ।

आज, गौतम वुद्ध अन्तरराष्ट्रिय रंगशाला निर्माण स्थलमा सुविहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्कीविच सहमती भएको छ । यो चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।

यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले नेपालका गाउँमा हुने पारिवारिक राजनीतिको कथालाई उठान गरेको छ । यो चलचित्र फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment