Comments Add Comment

हिमेशको प्रस्तुतिमा कमेडी च्याम्पियनले माग्यो क्षमा

टिभी रियालिटी शो कमेडी च्याम्पियनमा अघिल्लो साता एक प्रतिस्पर्धीको प्रस्तुति विवादमा आएपछि कार्यक्रम आयोजकले क्षमायाचना गरेको छ । टप ७ को प्रस्तुतिका क्रममा हिमेश पन्तको कमेडीले हिन्दु धर्मको अपमान गरेको भन्दै विवाद उब्जिएको थियो ।

अन्धविश्वासी र धार्मिक वैज्ञानिकको रुपमा प्रस्तुत भएका हिमेशको ‘सीता मातालाई रक्सी खुवाएको भए साँचो बोलिहाल्थिन् नि’ भन्ने संवादले विवाद सिर्जना गरेको हो । यस विषयमा हिमेशले फेसबुकमा स्पष्टीकरण दिए पनि विवाद नथामिएपछि कमेडी च्याम्पियनकै तर्फबाट माफी मागिएको छ ।

‘विगतको श्रृंखलामा प्रतिस्पर्धी हिमेश पन्तको प्रस्तुतिले हिन्दु धर्माबलम्बिको मनोभावनामा ठेस पुग्न गएकोमा कलाकार हिमेश पन्त र कमेडी च्याम्पियन क्षमायाचना गदर्छ । आगामी दिनमा सम्पूर्ण धार्मिक आस्थाको उच्च सम्मान गर्दै प्रस्तुति तयार गर्न सबै प्रतियोगी र निर्माण परिवार प्रतिवद्ध छ,’ कमेडी च्याम्पियन परिवारका तर्फबाट भन्दै सेयर गरिएको स्टाटसमा भनिएको छ ।

यो पनि पढ्नुहोस ‘सीतालाई रक्सी खुवाउने’ संवादले विवादमा हिमेश पन्त, दिए यस्तो स्पष्टीकरण

त्यसअघि शिव सेना नेपाललगायत केही हिन्दूवादी समुहहरुका तर्फबाट सो कार्यक्रम प्रशारण हुने कान्तिपुर टेलिभिजनमा गएर ज्ञापनपत्र दिइएको थियो । टेलिभिजनका प्रमुख दिनेश डिसीलाई बुझाइएको ज्ञापनपत्रमा टेलिभिजनले पनि माफी माग्नुपर्ने बताइएको थियो । डीसीले भने आफूलाई अहिलेसम्म यस विषयमा जानकारी नै नभएको बताएका थिए ।

‘मलाई यो विवादबारे थाहा थिएन, यदि केही गलत भएको भए टेलिभिजनका तर्फबाट माफी माग्छु,’ उनले भने । हिमेश पन्त टेलिभिजनसँग सम्बन्धित व्यक्ति नभएको उनले अवगत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment