Comments Add Comment

क्यान्सरको उपचारलाई सातै प्रदेशमा विस्तार गरौं : राज्यमन्त्री रावत

Photo Credit : अनलाइनखबर फाइल ।

२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय नवराज रावतले क्यान्सर रोगको उपचारलाई सातै प्रदेशमा विस्तार गर्नु पर्ने बताएका छन् ।

विश्व अर्बुद रोग दिवसको सन्दर्भमा आयोजित एक अन्तरक्रिमा राज्यमन्त्री रावतले क्यान्सरलाई डरलाग्दो रोगको रुपमा बुझ्न नहुने भन्दै स्थानीय तहले नागरिकमा सचेतना जगाउने काम गर्नु पर्ने बताए ।

बजेट विनियोजन गरेर मात्र नहुने भन्दै राज्यमन्त्री रावतले बजेट सदुपयोग भएनभएको अनुगमन गर्नु पर्नेमा जोड दिए ।

बजेट खर्च भए पनि परिणाम केही नदेखिने भन्दै उनले कार्यालयमा बसेर रिपोर्ट हेर्ने र त्यसैका आधारमा धारणा बनाउनु गलत हुने बताए । यसको समाधानका लागि अनुगमनलाई कडाइ गर्नु पर्ने उनको भनाइ ५ ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले क्यान्सर उपचार गरेपछि निको हुने रोग भन्ने कुरासमेत जनतालाई बुझाउन नसकिएको स्वीकार गरे ।

साथै सरकारले खर्च गरेर पढाएका ९० प्रतिशत डाक्टरहरु नेपालमा नबस्ने हुँदा सरकारको लगानी सदुपयोग हुन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment