Comments Add Comment

बैंकिङ क्षेत्रमा टाटाका गाडीहरुको लोकप्रियता बढ्दै

२१ माघ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडीङलेेे गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन बैंकहरुको पहिलो रोजाई बन्न पुगेको छ ।

हालैमात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने यस अघि नेपाल एसबिआई बैंक तथा अन्य बैंकहरुलाई पनि टाटा नेक्सन लगायतका गाडीहरू डेलिभरि गरिएको थियो । साथै अन्य बैंक तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अगि्रम बुकिङ भैरहेको छ ।

टाटा नेक्सन ग्लोबल एनक्याप बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएको छ ।

२०९ एम एम ग्राउन्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्टर्ी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment