
२१ माघ, काठमाडौं । रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ स्थित बेलहियाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१६ लेखनाथ बस्ने १९ वर्षीय रक्की गरबुजा पुन र अरुण सुनार रहेका छन् ।
रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनीहरुको साथबाट निट्राजेपाम ट्याब्लेट ३ सय ४३ थान, डाइजोपाम ५८ थान र प्रोमेथाजीन हाइड्रोक्लोराइड इन्जेक्सन ५८ थान बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि प्रहरीमा
बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4