+
+
Shares

एमसीसी संसदको यही अधिवेशनबाट पास हुन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते १८:४५

२१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदको यही अधिवेशनबाट पास हुने बताएका छन् ।

मंगलबार साँझ सम्पादकहरुसँग भएको भेटमा उनले एमसीसी छिट्टै पास हुने बताएका हुन् । ‘केही साथीहरुले बुझ्न बाँकी भएकाले कार्यदल बनाएको हो’ उनले भने ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै मात्र केन्द्रीय कमिटीबाट एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको छ । वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदललाई १० दिनको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?