+
+
Shares

गणेशमान सिंह रोड १० किमी रोड रेस फागुन अन्तिम साता

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २१ गते २०:५८
२१ माघ, काठमाडौं । सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा फागुन अन्तिम साता गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता आयोजना हुने भएको छ ।
रुट्स फेसन प्रालिको आयोजनामा फागुन २४ गते हुने रोड रेस १० किलोमिटरको हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एडिडास सोरुम दरबारमार्गबाट सुरु हुने रोड रेस रत्नपार्क, भद्रकाली, शहीद गेट, वीर अस्पताल, जमल, केशरमहल, महाराजगन्ज, बालुवाटार, टंगाल, नागपोखरी हुँदै पुनः दरबारमार्गमा पुगेर समापन हुने रुट्स फेसनका प्रालिका प्रबन्ध निर्देशक सञ्जीव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताको महिला तथा पुरुषतर्फका विजेताले ६० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले जनही पाँच हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा छैटौंदेखि १० औं स्थान हात पार्नेले चार हजार बराबरको गिफ्ट ह्याम्पर पाउने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख खर्च हुने रुट्स फेसनका प्रालिका निर्देशक राजीव श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालका चर्चित खेलाडीको सहभागिता रहने छ । लामो दूरीका खेलाडीलाई निखार्ने काम गर्ने भएकाले १० किलोमिटर दौड आयोजना गरिएको रेस डाइरेक्टर सुशील नरसिंह राणले जानकारी दिए ।

यसअघि सन् २०१४ मा पहिलो संस्करण आयोजना गरेको रुट्स फेसनले आगामी संस्करणलाई निरन्तरता दिने जनाएको छ ।
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?