Comments Add Comment

आँचललाई इन्गेजमेन्ट डेट नै सरप्राइज !

अभिनेत्री आँचल शर्माले यसै वर्षको फागुनमा विवाह गर्दैछिन् । विवाहको मिति टुंगो नलागे पनि फागुन अन्तिम सातासम्म हुने आँचल बताउँछिन् ।

चिना हेराउँदा केही कुरा नमिलेकाले विवाहको मिति टुंगो नलागेको उनको भनाइ छ । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्, ‘फागुनको अन्तिम साता चाहिँ पक्का हो तर, गते पक्का भएको छैन ।’

आँचलका अनुसार इन्गेजमेन्टको दिन विवाहको मिति टुंगो लाग्नेछ । तर, आँचललाई आफ्नै इन्गेजमेन्टको मिति पनि थाहा छैन । परिवारले सरप्राइज दिने भन्दै आँचलसँग इन्गेजमेन्ट मिति गोप्य राखेको छ ।

आँचलले भनिन्, ‘उदीपजी र मेरो घरमा भने सल्लाह भइसकेको छ । उहाँहरुले मिति पनि पक्का गरिसक्नु भएको होला । तर, मलाई भन्नुभएको छैन । सरप्राइज दिने भन्दै सुनाउनु भएको छैन । त्यो सरप्राइजको लागि म पनि उत्साहित नै छु ।’

आँचलले डा. उदीप श्रेष्ठसँग विवाह गर्न लागेकी छन् । उनीहरुले केही समयदेखि प्रेममा थिए ।

आँचल उदीपको घरमा बेहुली बनेर जान प्रतीक्षारत छिन् । उनले सामाजिक संजालमा पोष्ट गरेका फोटो तथा भिडियो स्टोरीले उनको उत्साहलाई प्रष्ट्याइहरेको छ । आँचलका अनुसार उदीपको परिवार पनि आँचललाई भित्र्याउन उत्सुक छन् ।

‘चलचित्र क्षेत्रबाट टाढिन्नँ’

धेरैलाई प्रश्न छ, ‘विवाहपछि पनि आँचलले चलचित्रमा काम गर्लिन् ?’

आँचल भने आफू चलचित्र क्षेत्रबाट टाढा नहुने बताउँछिन् । ‘पहिला पहिला महिलाहरुले विवाह गरेपछि परिवारमा समय दिने, भान्सामा काम गर्ने भन्ने थियो । अहिले महिलाहरु बाहिर आउन थालिसक्नु भएको छ । त्यसैले म त्यहाँ सीमित भएर बस्न पर्दैन । चलचित्र क्षेत्रमा काम गरिनै रहने छु ।’

आँचल आफूलाई बुझ्ने र सहयोगी श्रीमान पाउन लागेको बताउँछिन् । ‘उहाँले त मलाई सधैं सपोर्ट गर्नुहुन्छ, हौसला दिनुहुन्छ । उहाँ र उहाँको परिवारको कारण चलचित्र क्षेत्र छोड्नुपर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment