+
+
Shares

वीरगञ्जमा एक जना पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते १९:४३

२३ माघ, वीरगञ्ज । वीरगञ्जमा एक पुरुष व्यक्ति बिहीबार मृत फेला परेका छन् ।

वीरगञ्ज महानगरपालिका–९ घण्टाघरस्थित प्रतिक्षालयमा यकिन नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय लड्डु साह कानु नामले चिनिने पुरुष व्यक्ति मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घट्नास्थल शव जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार शव नजिकै बसिरहेका अन्दाजी ८/१० वर्षका देखिने दुई जना बालिकाले सोधपुछका क्रममा मृतक व्यक्ति आफ्नो बुवा भएको बताएका छन् । आरती कुमारी र सरस्वती कुमारी नाम बताउने बालिकाहरुले आफूहरु बुवासँगै मागेर खाने गरेको र आमाको पनि केही वर्षपहिले मृत्यु भएको बताएका छन् ।

दुवै जना बालिकाको उद्दार गरी उचित संरक्षणका लागि उनीहरुलाई वाल हेल्प लाइन वीरगञ्जको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?