Comments Add Comment

ए डिभिजन लिगमा आज थ्री स्टारसँग संकटा र पुलिससँग ब्रिगेड भिड्दै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ११औं चरणको दुई खेल हैँदछ । जसमा थ्री स्टारसँग संकटा क्लब र नेपाल पुलिससँग  ब्रिगेड ब्वाइज खेल्दैछन् ।

बिहान साढे ११ बजे सुरु हुने खेलमा चौथो स्थानको थ्री स्टार र पाँचौ स्थानको संकटा बीच प्रतिस्पर्धा हुनेछ । १० खेलबाट १७ अंकसहित थ्री स्टार चौथो स्थानमा छ ।

साविक उपविजेता संकटाको समान खेलबाट १५ अंक छ । संकटालाई पराजित गर्न सके थ्री स्टार मनाङ मर्स्याङ्दीलाई पछि पार्द तेस्रो स्थानमा उक्लनेछ ।

थ्री स्टारलाई हराउन सके सकंटाले थ्री स्टारलाई पछि पार्दैल चौथो स्थानमा उक्लनेछ । उपाधि होडबाट बाहिरिसकेको थ्री स्टारलाई शीर्ष तीनमा लिग लिग सकाउने हो भने आजको खेल जित्नैपर्ने छ ।

११ खेलबाट त्रिभुवन आर्मी क्लब २६ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै दिउँसो ३ बजे हुने खेलमा नेपाल पुलिसले ब्रिगेड संग खेल्नेछ । शीर्ष ६ मा लिग सकाउने लक्ष्य राखेको पुलिस १० खेलबाट १४ अंकसहित अहिले आठौं स्थान छ ।

ब्रिगेडलाई पराजित गरेका पुलिस शीर्ष ६ भित्र पर्नेछ । उता ब्रिगेड भने अझै रेलिगेसनको दबाबमा छ । शीर्ष ६ को लक्ष्य बनाएको ब्रिगेडले पुलिसलाई हराउन सके रेलिगेसन टार्नेछ । १० खेलबाट ८ अंक जोडेको ब्रिगेड ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment