
करिना कपूर एक छोराकी आमा हुन् । अक्सर उनी छोरा तैमूरसँग देखिन्छन् । पारिवारिक जमघट, घुमफिरमा उनी छोरोलाई पिँठ्युमा बोकिरहेकी देखिन्छन् । करियरको उत्कर्षमा रहेकै बेला करिनाले सैफ अलि खानसँग विवाह गरिन् । विवाहपछि पनि उनको करियरमा खासै उतार-चढाव आएन । तैमूरलाई जन्म दिएपछि भने उनले लामो समय विश्राम गरिन् ।
जीरो फिगरको लागि कहलिएका उनले बच्चा गर्भमा रहेपछि स्लिम हुने होइन, स्वस्थ्य हुने बाटो अपनाइन् । उनको मोटाइ बढ्यो ।
जब बच्चा जन्माइन्, उनले फिल्मबाट विश्राम लिइन् । लामो समय आफ्नै बच्चाको स्यहार-सुसारमा लागिन् । बच्चालाई कसरी ख्वाउने, हुर्काउने, संस्कार दिने भन्ने कुरामा उनले सम्पूर्ण समय लगाइन् । जब छोरो हुर्किदै गयो, त्यसपछि उनी पुन आफ्नै लयमा फर्किइन् । फिगर मेन्टेन गरिन् । र, पुरानै अवस्थामा फर्किइन् ।
ऐश्वर्य राय जहाँ पनि आफुसँगै छोरी आरध्यालाई डोहोर्याइरहेकी हुन्छिन् । सार्वजनिक कार्यक्रममा होस् वा घुमफिरमा, उनी छोरीकै साथमा देखिन्छन् । सर्वाधिक आकर्षक अभिनेत्री, विश्व सुन्दरीको ताज विजेता ऐश्वर्य जब गर्भवती भइन्, उनले आफ्नो गर्भको बच्चालाई बढी ख्याल गरिन् । यसबीचमा उनी वेपत्तासँग मोटाइन् पनि ।
अहिले उनी धेरैजसो समय छोरीसँगै देखिन्छिन् । विश्व सुन्दरीको शीर्ष ताज जितेकी उनी सफल आमाको रुपमा पनि चिनिन्छन् । आफ्नी छोरी आराध्यलाई हुर्काउने काममा उनी स्वयम् खटिएकी छिन् ।
ऐश्वर्य, करिना जस्ता बलिउडका थुप्रै अभिनेत्री छन्, जसले आफ्ना बालबच्चाको स्यहारसुसार र करियरलाई सन्तुलित ढंगले अगाडि बढाइरहेकी छिन् ।
आफ्नो जमनामा सर्वाधिक कमाई गर्ने अभिनेत्रीको रुपमा चिनिन्थे काजोल । करियरको उचाईमा रहँदै काजोलले अभिनेता अजय देवगनसँग बिबाह गरिन् । विवाहपछि उनी पुरै पारिवारिक लयमा मिसिइन् । करियरलाई पूर्ण बिराम लगाइन् । किनभने उनी आफ्नो सम्पूर्ण समय बच्चाहरुका निम्ति खर्चन चाहन्थिन् । काजोल दुई सन्तानकी आमा हुन् । उनले एक छोरी र छोरोलाई हुर्कारहेकी छिन् ।
माधुरी दीक्षितले डा. श्रीराम नेनेसँग बिबाह गरिन् । बिबाहअघि उनी फिल्मी क्षेत्रमै रमाइरहेकी थिइन् । जसै बिबाह गरिन्, करियरलाई बिट मारिन् । पारिवारिक जीवनमा फर्किइन् । त्यसको पाँच बर्षपछि फिल्मी जीवनमा फर्किइन् । अतः टिभी, डान्स एकेडेमी र स्टेज शोमा सक्रिय रहिन् ।
प्रतिक्रिया 4