Comments Add Comment

प्रेम र यौनबारे सिग्मण्ड फ्रायड : समलिंगी हुनु कुनै पनि समस्या होइन

सिग्मण्ड फ्रायड, यौन मनोविज्ञानका प्रमुख व्याख्याता एवं मनोविज्ञानका पिता हुन् । उनै फ्रायडको प्रेमको सम्बन्धमा अर्काे फरक परिभाषा छ । समाजको प्रतिस्पर्धामा दौडिएका मानिसहरु चाहेर या नचाहेरै पनि अन्धो दौड प्रतिस्पर्धामा सहभागी हुँदैछन् । जसले प्रेमको बारेमा जानकारी नै राखेका हुँदैनन् । उनीहरु केवल शारीरिक सम्बन्धलाई र त्यसमा पनि सीमित शारीरिक अंगहरुको मेललाई नै चरमानन्दको रुपमा व्याख्या गर्ने गर्छन् ।

यही अन्धो दौडको परिणाम स्वरुप मानिसहरुको व्यक्तिगत जीवनमा रोग, शोक, चिन्ता, दुर्वासना, पारिवारिक जीवनमा क्रोध, असन्तोष र सन्ताप एवं सामाजिक जीवनमा शान्तिको वातावरण छाउने गरेको छ । मानिसहरुको मस्तिष्क तनाव र चिन्ताको बोझबाट दबिएर बसेको छ । यहाँसम्मकी मानिसहरुहरु प्रेम जस्तो मूलभूत आवश्यकताको विषयमा समेत दोधारमा पर्ने गरेका छन् । यही सन्दर्भमा प्रेमको विषयमा मनोवैज्ञानिक सिग्मन फ्रायडको निम्न विचारहरुलाई ध्यान दिनु आवश्यक देखिन्छ ।

यौन सम्बन्ध कमजोरी पनि हो र तागत पनि

फ्रायडको विचारमा शारीरिक सम्बन्ध हरेक मानिसहरुको मूलभूत आवश्यकता हो । कोही पनि मानिसहरु यसबाट अछुत रहन सक्दैन । हरेक मानिसहरु यस्तो सम्बन्ध बनाउनको लागि तीब्र चाहनामा हुने गर्छ । यदि यो चाहाना पूरा भएन भने मानिसको दिमागले आफ्नो गति भुल्न सक्छ र ऊ असामान्य व्यवहार गर्न सक्छ । यो केवल शारीरिक सम्बन्धको मात्रै कुरा नभएर यो मानिसले जोकोहीबाट पाउने प्रेमको हकमा समेत लागु हुन्छ ।

शरीरको हरेक अंग इरोटिक हुन्छ

फ्रायडका अनुसार मानिसहरु जन्मको समयबाट नै यौन भाव बोकेर आएका हुन्छन् । उनका अनुसार मनुष्यलाई शरीरको हरेक अंगले आनन्द दिने गर्छ । तर, मानिसहरु केवल प्रजनन् अंग र ओठ जस्तो केही अंगमा मात्रै सीमित भएर अरु अंगबाट प्राप्त हुने आनन्दलाई महसुस नै गर्न भुलिरहेका छन् । हालांकि उनको यस तर्कलाई कैयौं मानिसहरुले विरोध गरिरहेका छन् ।

समलिंगी हुनु कुनैपनि समस्या होइन

फ्रायडका अनुसार समलिंगीहरुसँगको शिष्टाचारलाई नै मानिसहरुले नराम्रो मान्ने गर्छन् । फ्रायड लगायतको मतमा यसको कुनै आधार पाईंदैन । उनीहरुले सन् १९३० मा समलिंगीहरु बिरुद्धको कानुनलाई हटाउने विषयमा समर्थन गरेका थिए ।

हरेक जोडीको मनमा आउँछ नकारात्मक विचार

भनिन्छ, जुन मानिसलाई तपाईंले अत्यधिक माया गर्नुहुन्छ । उसलाई छोड्ने विषयमा पनि पक्कै तपाईंको मनमा ध्यान आउनेगर्छ । यो के केटा के केटी दुबैमा आउने विचार हो । यो प्रेमको नकारात्मक पक्ष पनि होइन । बरु यो प्रेमको सहायक कुरा हो । यसलाई फ्रायडले सामान्य मानवीय व्यवहारको रुपमा व्याख्या गर्ने गरेका छन् ।

आफ्नो आमाबाबुबाटै सिकिन्छ पहिलो प्रेम

प्रेम गुरु अरु कोही नभएर हामीहरुकै आमाबाबु र समाज एवं परिवार हो । हामी जब कसैलाई प्रेम गर्छाैं भने आफनो परिवेश अनुसार त्यसको व्यवहार पनि गर्ने गर्छाैं । जस्तो माया हामीलाई माता, पिता र नजिकका छिमेकीहरुबाट पाइन्छ । त्यस्तै प्रेम हामीले अरुलाई दिने गर्छाैं । यसका अलावा आफ्नो साथीहरुमा हामी जहिलै पनि नजिकको भाव खोज्ने गर्छौं ।

फ्रायडका अनुसार हामी जोसँग प्रेम गर्छाैं, त्यो नै हाम्रो जीवनको हिस्सा बन्न जान्छ । हामीले धेरै सुन्ने गर्छाैं कि जब कसैसँग माया बस्छ । उनीहरुकोबीचमा एकले अर्काको बानीलाई नै धेरैहदसम्म अँगाल्न पुग्छन् । आफ्नो साथीले सोच्ने शैली, उसको व्यवहार आदिको आधारमा नै उनीहरुको स्वयंलाई समेत तयार पार्ने गर्छन् । यसले उनीहरुलाई अझ नजिक बनाउन मद्दत गर्छ ।

प्रेम कति महत्वपूर्ण छ ?

फ्रायडका अनुसार विलक्षणिक प्रेम पनि तीन किसिमको हुने गर्छर् । महसुसको आधारमा बाहृय, आन्तरिक र मानसिक प्रेम गरी तीन किसिमको प्रेममध्ये पूर्ण आनन्दको लागि तीनै प्रकारको भावना जाग्नुपर्छ । यस्तो विलक्षणता हरेक व्यक्तिमा फरक फरक हुनसक्छ । प्रणय दिवसको दिन सम्बन्ध बनाउने प्रेमलाई पनि एक यस्तै विलक्षणताको रुपमा मान्न सकिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment