Comments Add Comment

दाङमा चट्याङले तीन जनाको मृत्यु   

२५ माघ, घोराही । दाङ र आसपासको क्षेत्रमा शनिबार दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारीअनुसार तुलसीपुरमा एक महिला र एक बालिकाको चट्याङ लागेर मृत्यु भएको छ भने घोराहीमा एक बालकको चट्याङमा परी मृत्यु भएको छ ।

प्रहरीका अनुसार दिउँसो करीब १ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी गीता चौधरीको घरमा चट्याङले हानेको थियो । चट्याङमा परी उहाँकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्य घाइते भएका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नं ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ । आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो । बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment