Comments Add Comment

नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

२७ माघ, काठमाडौं । आईसीसी वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई २५० रनको लक्ष्य लिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो ।

नेपालको सुरुवात राम्रै रहृयो । कप्तान मल्लले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साझेदारी गरे । खकुरेल २२ रनमा आउट भए । त्यसपछि आएका पूर्वकप्तान पारस खड्काले मल्ललाई साथ दिएका थिए । मल्ल र खड्काले ५९ रनको साझेदारी गरे ।

तर खड्का ३८ रनमा आउट भए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले खाता नै खोल्न सकेनन् । अर्को विकेटका रुपमा कप्तान मल्ल ५६ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १२८ रन थियो ।

त्यसपछि आरिफ शेख र कुशल मल्लले २९ रनको साझेदारी गरे । मल्लले २८ रन बनाए ।सातौं नम्बरमा आएका विनोद भण्डारीले आरिफ शेखसँग मिलेर पारी सम्हालेका थिए । शेख २८ रनमा आउट भए । करण केसीले १० रन बनाए ।

९ बल बाँकी छँदा विनोद भण्डारी ३५ रनमा रनआउट हुन पुगे । सन्दीप लामिछाने १० र कमल सिंह ऐरी ९ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment