
फाइल तस्वीर ।
२६,माघ,विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको विरोधमा प्रदेश १ को प्रदेशसभा पनि अवरुद्ध गरेको छ ।
संघीय व्यवस्थापिकाको प्रतिनिधिसभा बैठक लगातार तीन पटक अवरुद्ध गरेको कांग्रेसले यही विषयलाई लिएर प्रदेशसभा पनि अवरुद्ध पारेको हो ।
कांग्रेसको अवरोधपछि सभामुख प्रदीपकुमार भण्डारीले सोमबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4