+
+

एनएमबिमा गाभिने भयो कञ्चन डेभलपमेन्ट बैंक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १०:२५

२६ माघ, काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । एनएमबि र कञ्चनबीच आइतबार एक्विजिशन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एनएमबिले केहि समय अघिमात्रै राष्ट्रिय स्तरको विकास बैंक ओम डेभलपमेन्ट बैंकलाई गाभेर एकिकृत कारोबार शुभारम्भ गरेको थियो । गण्डकी प्रदेशमा बलियो रहेको ओमलाई गाभेको एनएमबि कञ्चनलाई गाभेसँगै सुदुरपश्चिममा समेत थप बलियो बनेको छ ।

कञ्चन सुदरपश्चिम प्रदेशको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको विकास बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको बैंकले बताएको छ ।

एनएमबि बैंक लि. नेपालको बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको तथा लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई ग्राहकहरुलाई प्रभावकारी सेवा दिदै आएको “क” वर्गको बैंक हो भने कञ्चन डेभलपमेन्ट बैंक हालसम्म सक्षम संस्थाको रुपमा सुदूर पश्चिमका सर्वसाधारणहरुलाई प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ बटा जिल्लामा कार्यक्षेत्र रहेको बैंक हो । यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लि. लाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूर पश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।

यसबाट बैंकको उक्त प्रदेशमा शाखा सञ्जाल बलियो भई उक्त क्षेत्रका सर्वसाधारण जनताहरुलाई थप बैंकिङ्ग सेवा प्रदन गर्न सक्षम हुनेछ विश्वास लिएको एनएमबिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?