Comments Add Comment

तपाईं हाँस्नुहुन्न ?

हाँस्नु स्वास्थ्यका लागि लाभदायक छ । यो कुरा तपाईं/हामीलाई थाहा छ । अर्को के कुरा पनि थाहा छ भने, हाँस्नका लागि अतिरिक्त पैसा खर्च गर्नुपर्दैन । न श्रम नै खर्चनुपर्छ । बस्, सानो बाहाना भए पुग्छ, गजबले हाँस्नका लागि ।

तर, हामी हाँस्दैनौं । किन ?

किनभने धेरैजसो समय हामी चिन्ताग्रस्त, तनावग्रस्त हुन्छौं । दैनिकी धपेडीमा बित्छ । मनमा अनेक तर्कना खेल्छ । यही चक्करमा हामी हाँस्न भुल्छौं । वा हाँस्नका लागि बाहाना पाउँदैनौं । यसको अर्थ हामी आफ्नो प्रकृतिक स्वभावबाट विमुख हुँदैछौं । किनभने हाँस्नु हाम्रो प्राकृतिक स्वभाव हो ।

हाँस्नका लागि न कसैले सिकाउनुपर्छ, न कसैले भन्नुपर्छ, न कसैलाई सोध्नुपर्छ । यो स्वतस्फूर्त प्रकट हुने भाव हो ।

हाँस्नुको अनेक लाभ छन् । हाँस्दा हाम्रो मन उमंगित हुन्छ । फुरुंग हुन्छ । शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । हामी आसपासका वातावरण वा माहौल रमाइलो हुन्छ । हामीसँगै उभिएका वा दोस्रो व्यक्तिमा राम्रो प्रभाव पार्छ ।

मानौं तपाईंको व्यवहारिक समस्याहरु छ । पारिवारिक समस्या छ । तैपनि तपाईं धेरैजसो समय उन्मुक्त हाँस्नुहुन्छ भने घरमा उक्त समस्याको कुनै संकेत देखिदैन । घरको वातावरण उमंगमय हुन्छ ।

तपाईं जति उदास, चिन्तित, तनावग्रस्त देखिनुहुन्छ, घरको माहौल उत्तिनै खराब देखिन्छ । आफ्ना श्रीमान्/श्रीमतीका अगाडि, बालबच्चाका अगाडि, आफन्तका अगाडि तपाईं मात्र प्रफुल्ल देखिनुहोस् । सानोतिनो कुरामा पनि खुलेर हाँस्नुहोस् । घरको माहौल सुन्दर बन्छ ।

हाँसोले व्यक्तिको रिस नियन्त्रण गर्नुका साथै व्यक्तिको सुन्दरता समेत बढाउने गर्छ । त्यसैगरी यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट समेत टाढा राख्न मद्दत गर्छ । एक अनुसन्धानहरुले जनाए अनुसार व्यक्ति दिनमा १३ पटकसम्म हाँस्ने गर्छ ।

हाँसोले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई ध्यानमा रहेर नै अहिले विश्वका सयौं देशहरुमा लाˆटर क्लबको निर्माण हुँदै आएको छ ।  त्यसबाहेक पनि हाँसोले शरीरमा यस्ता फाइदाहरु पुर्‍याउँछन्, जुन यस प्रकार छः

हाँसोको लाभ 

-हाँसोले तनाव तथा डिप्रेसन कम हुने गर्छ ।

-हाँसोले प्राकृतिक रूपमा पेनकिलरको रूपमा काम गर्छ, जसका कारण दुखाइ कम हुने गर्छ ।

-शरीरमा अक्सिजन प्रवाह गर्दछ ।

-रिसलाई नियन्त्रण गर्छ ।

-शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

-सुन्दर अनुहारका लागि हाँसो निकै लाभदायक मानिन्छ ।

-व्यक्तिको आत्मविश्वास बढ्छ ।

-व्यक्तिमा सकारात्मक सोचको विकास गर्छ ।

-व्यक्तिलाई निराश हुन दिँदैन ।

-व्यक्तिमा साँचो बोल्ने तथा चित्त नबुझेको कुरा भन्ने क्षमता विकास हुन्छ ।

-रक्तसञ्चार राम्रो गराउँछ ।

हाँसो सम्बन्धी केही तथ्य

-मानिसलाई मात्र हैन, मुसालाई पनि काउकुती लाग्छ ।

-हाँस्नुको खासै कुनै मतलव हुदैन ।

-हाँस्नका लागि १७ वटा मांसपेशीको आवश्यक पर्छ । जब कि रिसाउनका लागि ४३ मांसपेशीको आवश्यक पर्छ ।

-कसैको खुसीको स्तर मापन गर्न कठिन छ ।

-एक्लै बस्नाले व्यक्तिको हासो तथा खुसी ३० प्रतिशतसम्म कम हुने गर्छ ।

-औसतमा एक व्यक्ति दिनमा करिब १३ पटकसम्म हाँस्छ ।

-कुनै पनि जोक वा चुट्किला मानिसलाई त्यतिबेला मन पर्छ, जसबारे उसलाई जानकारी हुन्छ ।

-कुनै पनि व्यक्तिलाई आकषिर्त गर्न एक मुस्कान नै प्रशस्त हुन्छ ।

-हाँसोले व्यक्तिको रक्तसञ्चार २२ प्रतिशतसम्म बढाउँछ । जब कि तनावका कारण रक्तसञ्चार ३५ प्रतिशतसम्म बढ्ने गर्छ ।

-सामान्य व्यक्तिले तीन सय फिट टाढाबाट हाँसेको सुन्न वा अनुभूत गर्नसक्छ ।

-कुनै पनि व्यक्तिको हाँसो वरिपरिको वातावरणमा निर्भर गर्छ ।

-मानिस एक्लै पनि खुसी हुन तथा हाँस्न सक्छ । हाँस्नकै लागि अन्य व्यक्तिको आवश्यक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment