Comments Add Comment

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

२७ माघ, जनकपुरधाम । सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु.१६प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका-३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् ।

सिराहा–चोहर्वा सडक खण्ड अन्तर्गत नरहा गाउँपालिका ५ मा मोटरसाइकललाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी बिदुर घिमिरेले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment