Comments Add Comment

चार पटकको विजेता भारतलाई स्तब्ध पार्दै बंगलादेशले पहिलो पटक जित्यो यू १९ विश्वकप

२७ माघ, काठमाडौं । बंगलादेश यू १९ क्रिकेट टोलीले पहिलो पटक यू १९ विश्वकप उपाधि जितेको छ । दक्षिण अफ्रिकामा भएको आइसीसी यू १९ विश्वकप २०२० को फाइनलमा चार पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेश नयाँ च्याम्पियन बनेको हो ।

वर्षाले प्रभावित खेलमा बंगलाद्शले साविक विजेता समेत रहेको भारतलाई डकवर्थ लेविस (डिएल) मेथ ८ को आधारमा ३ विकेटले पराजित गरेको हो ।

भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४१ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । जसको कारण डिएल मेथडमा बंगलादेशले जितको लागि ४६ ओभरमा १ सय ७० रन बनाउनु भयो । सोही लक्ष्य बंगलादेशले ४२.१ ओभरमै ७ विकेट गुमाएर भेट्टायो र उपाधि जित्यो ।

बंगलादेशको जितमा कप्तान तथा विकेटकिपर अकवर अलीले अविजित ४३ रनको कपतानी इनिङ्स खेले । उनले ७७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर परवेज हुसेन इमोनले ७९ बलमा ७ चौकाको मद्दतमा ४७ रन बनाए ।

भारतका स्पीनर रवि बिस्नोईले १० ओभरमा ३ मेडन राखेर ३० रन खर्चिदै ४ विकेट लिए । यस्तै सुशान्त मिश्राले २ र यजस्वी जैसवालले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४७.२ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाएको थियो । भारतका लागि ओपनर यजस्वी जैसवालले सर्वाधिक ८८ रन बनाए । उनले १२१ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । यस्तै तिलक बर्माले ३८ र धुब्र जुरेलले २२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतले अन्तिम २१ रन जोड्दा ७ विकेट गुमाएको थियो ।

भारती इनिङ्स ध्वस्त पार्न बंगलादेशका लागि अभिषेक दासले ९ ओभरमा ४० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै शोरिफुल इस्लाम र तन्जिन हसन शकिबले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment