+
+
Shares

प्रदेश १ को संसद आज पनि कांग्रेसद्वारा अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १५:५३

२७ माघ, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दोश्रो दिन सोमबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । कांग्रेसको अबरुद्धका कारण प्रदेशसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कारबाही अगाडि बढाउन तयारी गरिरहँदा कांग्रेसका सा‌ंसदहरुले आ-आफनो स्थानबाट उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

सभामुख भण्डारीले पटकपटक सदन संचालन गर्ने बाटो खोल्न कांग्रेस सा‌ंसदलाई आग्रह गरेका थिए । तर काग्रेस सांसदले विरोध गरेरहेपछि सभामुख भण्डारीले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषण गरेका थिए ।

सभामुख भण्डारीले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदारमाथि मुद्दा लगाइएको बिषय अदालतमा गएकाले सो विषयमा कांगग्रेसले सांसदमा विरोध गर्नु क्षेत्रअधिकार बाहिरको विषय भएको भन्दै सभामुख भण्डारीले सदनको कारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।

प्रदेश सभामा सोमबार वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक प्रस्तावका लागि संसदमा प्रस्तुत गर्ने कार्यसूची थियो ।
कांग्रेसले आइतबार पनि बैठक अबरुद्ध पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?