Comments Add Comment

चरेससहित दुई जना पक्राउ

२७ माघ, कैलाली । झण्डै पाँच किलो लागूऔषध चरेससहित धनगढीको गौरीफन्टा नाकाबाट दुई जना पक्राउ परेका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र २५ वर्षीया सीमा राना मगरलाई प्रहरीले ४ किलो ८ सय ग्राम चरेससहित पक्राउ गरेको हो ।

प्रहरीलाई छलेर भारत लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

दुवै जनाले कम्मरमा लुकाएर चरेस भारत लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्लेतले बताए ।

कारबाहीका लागी उनीहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती कञ्चनपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment