Comments Add Comment

नेपाल एयरलाइन्सबाट ३७ हजारमै जापानको नारिता

२७ माघ, काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौं-नारिता एकतर्फी भाडा ३७ हजार रुपैयाँ तोकेको छ । प्रारम्भमा प्रवर्द्धनात्मक भाडादर एकतर्फी ३७ हजार तोकिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ । जापानको राजधानी टोकियो नजिकै रहेको यस विमानस्थलमा नेपाल एयरलाइन्सले १९ फागुन (२ मार्च)मा पहिलो उडान गर्दैछ ।

अहिले नेपाल एयरलाइन्सले जापानको ओशाकामा उडान गरिरहेको छ । अब भने ओशाका उडान स्थगित गरी नारितामा शुरु हुने भएको हो । काठमाडौंबाट सातामा तीन दिन जापानका लागि सिधा उडान हुने भएको छ । यस रुटमा एयरवसको वाइडबडी जहाज ए३३० जहाज उड्नेछ ।

सोमबार, बुधबार र शुक्रवार काठमाडौंबाट बिहान १ बजेर २५  मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज उड्ने छ । सो विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्नेछ ।

हालका लागि प्रवर्द्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु.३७ हजार र दुईतर्फी भाडा रु.७३ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ । यसका साथै विजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५/२५ के.जी. का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३/२३ के.जी.का २ वटा व्यागेज सुविधा पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment