Comments Add Comment

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाली खेलाडीको म्याच फी ५ हजार

२७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले अब अतर्राष्ट्रिय क्रिकेट खेल्दा म्याच फी पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानको सोमबार बसेको बैठकले  एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली खेलाडीले प्रत्येक खेलको ५ हजार म्याच फी पाउने निर्णय गरेको हो ।

यही जनवरी २०२० देखि उक्त निर्णय लागू हुने क्यानले निर्णय गरेको छ । यसअघि क्यान निलम्बन हुँदा नेपाली खेलाडीले कुनै म्याच फी पाएका थिएनन् ।

यस्तै बैठकले चैत तेस्रो सातादेखि पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता गर्ने निर्णय समेत गरेको छ ।

बैठकले पुरुष राष्ट्रिय क्रिकेट टिम र महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेडिङको लागि क्यानको कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा केन्द्रीय सदस्य अमितवीर पाण्डे र दुर्गाराज पाठक रहेका छन् ।

समितिले पुरुषतर्फ ए प्लस, ए, बी र सी गरी २४ खेलाडीलाई चार ग्रेडमा वर्गीकरण गर्ने तथा महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरणको लागि प्रस्तावना तयार गरी संघमा पेश गर्न उक्त समितिलाई भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment