Comments Add Comment

पउल स्टर्लिङले चितवन टाइगर्सबाटै ईपीएल खेल्ने

काठमाडौं : आयरल्याण्डका ब्याट्सम्यान पउल स्टर्लिङले एभरेष्ट प्रिमियर लिग २०२० (इपीएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् ।

चितवन टाइगर्स फ्रेन्चाइजले सोमबार एक विज्ञप्ति जारी गर्दै स्टर्लिङले यस पटक पनि चितवनबाट खेल्ने जनाएको हो । गत वर्ष पनि उनले चितवनबाट खेलेका थिए ।

चितवन यस सिजन स्टर्लिङलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि नै चितवनले अफगानिस्तानका विष्फोटक विकेटकिपर ब्याट्सम्यान मोहमद शेहजादलाई अनुबन्ध गरिसकेको छ ।

२९ वर्षीय स्टर्लिङले आयरल्याण्डका लागि ३ टेष्ट, ११७ ओडीआई र ७५ टी २०आई खेलेका छन् । आयरल्याण्डका लागि उनले ओडीआईमा ८ शतक प्रहार गरिसकेका छन् । जसमा १७७ उनको उच्च स्कोर हो ।

गत वर्ष उनले चितवनबाट ईपीएल खेल्दै ६ खेलमा १५७ रन बनाएका थिए ।

स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टी १० लिग र इंग्लिस काउन्टी टिम मिडलसेक्सबाट समेत खेलिसकेका छन् ।

चितवनल यस सिजन राष्ट्रिय टिमका सदस्य सोमपाल कामीलाई ट्रेडमार्पत काठमाडौं किंग्स ११ बाट भित्र्याइसकेको छ । दीपेन्द्र सिंह ऐरि भने ट्रेडमार्फत काठमाडौं गएका छन् ।

चितवन टिममा सोमपालसंगै राष्ट्रिय टिमबाट खेलिसकेका दिलिप नाथ, ललित भण्डारी, कमल सिंह ऐरि, इशान पाण्डेलगायत खेलाडी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment