+
+
Shares

आठलाख ठगी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते ११:४५

२८ माघ, सोलुखुम्बु । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भन्दै कार्कीले रु आठ लाख लिएको जाहेरीकोे आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा रहेका कार्कीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?