Comments Add Comment

निजी क्षेत्रलाई पेल्ने र बाँध्ने काम सरकारले गर्दैन : प्रधानमन्त्री ओली

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने  बताएका छन् ।

निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने जस्तो तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका हुन् ।

‘उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्नुस् सरकार सदैव सहयोग गर्न तयार छ’ प्रधानमन्त्री ओलीले भने ।

सत्ताका स्वार्थका लागि मुलुकका कुनै पनि निकायलाई सरकारले अप्ठ्यारो नबनाउने उनले बताए । ‘राज्यको कमिसनको लागि कसैलाई पनि अप्ठ्यारो बनाउँदैनाै । हामी लाेकतान्त्रिक व्यवस्थामा छाैं’ उनले भने, ‘तर सुशासन र लाेकतन्त्र तथा पारदर्शितामा सरकार सम्झौता गर्दैन ।’

राजनीतिक परिवर्तनपछि अब आर्थिक विकास र सुशासनको लागि कानुन निर्माण गर्न सरकार लागि परेको प्रधानमन्त्री ओलीले बताए । नेपालबाट सबै वस्तु निर्यातको सम्भावना रहेको भन्दै उनले उत्पादनमा जोड दिन र आयात प्रतिस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

‘कानुनी अप्ठ्यारो छ भने व्यवसायी आफैंले कानुन ड्राफ्ट गर्नुस् छलफल गरौंला’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment