Comments Add Comment

एनआरटीलाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं । थ्री स्टार क्लब शहीद स्मारक ए डिभिजन लिगको तेस्रो स्थानमा उक्लेको छ । १२औं चरणको खेल अन्तर्गत मंगलबार भएङ्को खेलमा एनआरटीलाई १-० ले पारजित गर्दै थ्री स्टार तेस्रो स्थानमा उक्लेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारका लागि दिपेश घलेले एक मात्र गोल गरे । उनले ७८औं मिनेटमा गोल गरेका थिए ।

जितपछि थ्री स्टारले साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १ अंकले पछि पारेको छ । मनाङले मंगलबार नै नेपाल पुलिससँग खेल्दैछ ।

१२ खेलबाट थ्री स्टारले २३ अंक जोडेको छ । एक खेल कम खेलेको मनाङको २२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment