Comments Add Comment

पाँच दिने नेपाल भ्रमणपछि बंगलादेशी सेनाप्रमुख फर्किए

२८ माघ, काठमाडौं । पाँच दिने नेपाल भ्रमण पूरा गरी बंगलादेशका प्रधान सेनापति अजिज अहमद मंगलबार स्वदेश फर्किएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा औपचारिक भ्रमणमा नेपाल आएका उनी मंगलबार दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका सहसंयोजक नेपाली सेनाका उपरथी निर्मलकुमार थापाले बिदाइ गरे ।

नेपाल भ्रमणका क्रममा बंगलादेशका प्रधानसेनापति अहमदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

उनले पोखरास्थित पश्चिम पृतना हेडक्वार्टर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र तथा केही पर्यटकीय स्थलको निरीक्षण भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment