Comments Add Comment

विमानस्थलमा भएको आगलागीबारे छानविन गर्न समिति गठन

२८ माघ, काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलमा भएको आगलागीको घटनाका सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवस्तरीय बैठकले मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरेको हो ।

सोमबार साँझ सवा ८ बजे त्रिभुवन विमानस्थलको प्रस्थान कक्षस्थित कन्फेक्सनरी/कफीसपमा आगलागी भएको थियो । यसले करीव सवा १ घण्टा त्रिभुवन विमानस्थलको सेवा अवरुद्ध भएको थियो भने विमानस्थलको सुरक्षामाथि समेत प्रश्न उठेको थियो ।

मन्त्रालयका अनुसार घटनाको सम्भाब्य कारण पत्ता लगाउन छानविन समिति गठन गरिएको हो ।

समितिले भविश्यमा विमानस्थलको संचालनमा असर पुग्न नदिन कस्तो सुरक्षा सतकर्ता अपनाउनु पर्ने हो र सोही प्रकारका घटना नदोहोरिन सुझाव दिने गरी प्रतिवेदन बनाउने जिम्मेवारी पाएको छ । समितिलाई ७ दिनको समय दिइएको छ ।

मन्त्रालयका अनुसार समितिमा मन्त्रालयका उपसचिव राजन नेपाल, प्रहरी उपरिक्षक केदार ढकाल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुल प्रसाद सिंखडालाई सदस्य तोकिएको छ । प्राधिकरणका उपनिर्देशक विक्रम गौतमलाई सदस्य सविच तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment