
२८ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्लो प्यागोडा होटेलबीच बैंकका ग्राहकहरुलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
यस सम्झौतापश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले एल्लो प्यागोडा होटेलको काठमाडौं तथापोखरास्थित शाखाहरुमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा एटिएम. र १०३ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।
ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4