+
+
Shares

रामेश्वर बने वागमतीको भौतिक पूर्वाधारमन्त्री, आजै सपथग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते ११:१२

२९ माघ, काठमाडाैं । वामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् । फुयाँलको आजै अपराह्न ४ बजे सपथग्रहण तय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

तत्कालीन भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि यो मन्त्रालय मुख्यमन्त्रीसँगै थियो ।

प्रधानमन्त्री केपी ओलीसँग केहीदिनअघि मुख्यमन्त्री पौडेलले भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

काठमाडौंको क्षेत्र नम्बर ३ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका फुयाँल नेकपा केन्द्रीय सदस्य तथा हाल प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् । फुयाँल ०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए ।

२०५४ मा काठमाडौंको जिल्ला विकास समिति उपसभापति बनिसकेका फुयाँल साविक आलापोट गाविसको पूर्वअध्यक्षसमेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?