Comments Add Comment

औषधिबाट गरिने गर्भपतन कति सुरक्षित ?

सन्तानको रहर पुगिसकेपछि पनि गर्भ रहन सक्छ । बेलाबखत अप्रत्यासित गर्भ रहन्छ । यसरी अनिच्छित गर्भ रहेमा के गर्ने ? यसमा एउटै विकल्प बाँकी रहन्छ, गर्भपतन गर्ने ।

निश्चित अवधीका गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । गर्भपतनका लागि केही विधि प्रचलित छन् । अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सर्तकता अपनाउनुपर्ने हुन्छ ।

गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सुचिकृत हुनु पर्छ । गर्भपतन सेवाका लागि सुचिकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।

नेपालमा अपनाएको पद्दती अनुसार एकथरीका औषधी मुखबाट शेवन गरेको २४ देखि ४८ घण्टा सम्ममा अर्कोथरीका औषधी योनिमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ । बिना कुनै प्राबिधिक जटिलता, सजिलै अनि घरमा पनि प्रयोग गर्न सकिने भएकोले हाम्रो मुलुकमा यस्को प्रयोगकर्ता बढि रहेको छ ।

यी औषधीहरुको प्रयोगले ९ हप्ता अर्थात ६३ दिन सम्मको गर्भपतन गराउन सकिन्छ । नेपालका सुचिकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधि करिब ९६ प्रतिशत प्रभाकारी भएको साबित भएको छ । त्यसैले गाउँ-गाउँ सम्म यो सेवा बिस्तार गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ र सोहि लक्ष्य अनुरुप स्वास्थ्य चौकी सम्म यो सेवा बढाईएको छ ।

डा. बालकृष्ण साह

मेडिकल एर्बोसन -औषधिद्धारा गरिने गर्भपतन) ६३ दिन सम्मको गर्भपतनका लागि प्रभावकारी र सफल रहे पनि यस्का आफ्नै असरहरु छ । टाउको दुख्ने, ज्वरो आउला जस्तो हुने, पखाला लाग्ने, वाक्वाक हुने तथा महिनावारीको जस्तो वा केहि रगत बग्ने हुन सक्छ । यस्तो असरहरु समान्यता आफै हराएर जान्छ र स्वास्थ्य परार्मशको आवश्यक्ता नपर्न सक्छ ।

तर, अत्याधिक रक्तश्राव भएमा, बेहोस भएमा, गन्हाउने वा योनिमार्गबाट पिप जस्तो जान थालेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्ने हुन्छ । तोकिएको अर्थात तालिम प्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकद्धारा गरिएका मेडिकल एर्बोसनमा यस्ता गम्भिर असरहरु प्रायः देखिदैन ।

औषधि पसलेहरु तथा सम्बन्धित स्वास्थ्यकर्मीहरु बाहेकले यस्ता औषधिहरु बिक्री वितरण गर्न नपाउने सामान्य नियम छ । तर केहि औषधि पसले तथा अनाधिकृत वा अयोग्य स्वास्थ्यकर्मीहरुले क्षणिक आर्थिक मुनाफाका लागि भारतिय बजारबाट ल्याएका कमसल वा औषधिहरु बिक्री वितरण गर्ने गरेको पाईन्छ ।

औषधिहरुद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपुर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सहि मापन् । मेडिकल एर्बोसनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स रे (अल्ट्रासाउण्ड) गर्नु पर्ने मान्यता रहेको छ । मेडिकल एर्बोसनका लागि अर्को महत्वपुर्ण पक्ष हो, गर्भपतन पुर्णरुपले भयो वा भएन, परिक्षण गर्नु ।

समान्यतया औषधिको सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ । तर रक्तश्राव हुदैमा पुर्णरुपमा गर्भपतन नभएको हुन सक्छ । यो अवस्था समान्य पनि हुन सक्छ तर धेरै अवस्थामा अत्याधिक रक्तश्राव र जोखिमपुर्ण हुन सक्छ ।

यी दुवै अवस्था तथा तथ्यलाई पहिचान गर्न नसक्ने जो कोहि व्यक्तिबाट वा गर्भको स्थितीलाई परिक्षण नगरी एम.ए. अर्थात मेडिकल एर्बोसन -औषधिद्वारा गरिने गर्भपतन) गर्नु खतरनाक पनि हुन सक्छ । यस बाहेक गर्भपतनका लागि अन्य धेरै कुरामा बिचार पुर्‍याउनु पर्छ ।

पहिलेको गर्भ तथा प्रसुति सम्बन्धि समस्याहरु, अन्य दिर्धरोगहरु, बिभिन्न स्वास्स्थ्य समस्याका लागि औषधिहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा पनि जानकारी लिनु पर्ने हुन्छ । कतिपय यस्ता अवस्थामा औषधिको प्रयोग गर्नु हुदैन ।

समयको अभावमा वा सुचिकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षण बिना गरेको गर्भपतन सुरक्षित हुन्छ भनेर भन्न सकिदैन र यसबारे समयमा नै सचेत हुन आवश्यक छ । त्यस कारणले गर्दा पैसा र समय बचाउन तथा गोपनियताको लागि सम्बन्धित स्वास्थ्य केन्द्रमा नगएर अनाधिकृत व्यक्तिको भर पर्दा दुख पर्ने मात्र हाईन, ज्यानै पनि जान सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

गर्भ राख्न न चाहने १६ बर्ष पार गरेकी मानसिक सन्तुलन ठिक भएकी हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा ९ हप्ता सम्मको गर्भपतनका लागि सुचिकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परिक्षण र परामर्श गरेर यो औषधिहरु सेवन गर्न सक्छन् । यो औषधिहरु सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाईन्छ । निजी तर सुचिकृत संस्थामा यसको मुल्य तिर्नु पर्छ । यो औषधि पसलमा सोझै खाने औषधि होईन । १६ बर्ष पार नगरेको वा मानसिक अवस्था ठिक नभएको गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट यो औषधि सेवन गर्नु गैरकानुनी मात्र होईन घातक पनि हुन सक्छ ।

गर्भपतन (औषधि तथा एमभिए) सुरक्षित हुदाहुदै पनि यो अन्तिम बिकल्प मात्र हो । गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुदैन, र गर्भपतन रोज्नु पर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ ।

सबै दम्पतीहरुले एकै खालका परिवार नियोजनका साधन प्रयोग गर्नु पर्छ वा उपयुक्त हुन्छ भन्ने छैन । आफुलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ बारेमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर साधन छनोट गर्नु राम्रो हो । परिवारको आकार पुरा भए पछि वा सन्तानको रहर पुगी सके पछि स्थायी बन्धयाकरण पनि उचित हुन सक्छ । सुरक्षित यौनब्यवहार र राम्रो परिवार नियोजनका साधन रोज्न सके, गर्भपतन गराउनु पर्ने बाध्यत्मक अवस्था नआउन सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment