+
+

नेकपा सांसदले भने- एमसीसीको भाइरस तलसम्म पुगेको छ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १४:३६

२९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले अमेरिकी सहयोग निकाय एमसीसीबारे जनस्तरमा अपब्याख्या भइरहेको भन्दै संसदमा बेलैमा छलफल गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गजेन्द्रबहादुर महतले जनस्तरमा एमसीसीबारे नकारात्मक भावना फैलाउने काम भएकाले बेलैमा सही ब्याख्या दिन नसके निर्णय गर्ने बेला ढिला हुने बताए ।

‘तल अपब्याख्या भइरहेको छ । नेगेटिभ मात्र आइरहेको छ’ उनले भने ‘हामी निर्णयमा जाने बेलासम्म ढिला भइसक्छ । त्यसैले यसलाई नजर अन्दाज नगरियोस् । ’

सांसद महतले एमसीसीबारे नेपालमा भइरहेको बहस तथा छलफललाई चीनमा फैलिएको कोरोना भाइरससँग तुलना गररे । ‘एमसीसीको भाइरस तलतल पुगेको छ । अनावश्यक युट्युबमा हालेर बुट बजारेको, बन्दुक हानेको, क्षेप्यास्त्र हानेको दृश्य देखाइएको छ’ उनले भने ।

सांसद महतले समयमा नै संसदमा छलफल भएर उचित ब्याख्या दिन नसके एमसीसीविरुद्धको भ्रम चिर्नं कठिन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?