Comments Add Comment

जावलाखेल र हिमालयन शेर्पाले अंक बाँडे

६ गोल, दुई रातो कार्ड अनी ३-३ को बराबरी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत १२औं चरणको अन्तिम खेलमा गोलको वर्षा हुँदा जावालखेल युथ क्लब र हिमालयन शेर्पा क्लले बराबरी खेल्दै अंक बाँडे । ६ गोल भएको खेलमा दुवै क्लबका एक-एक खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । खेल ३-३ को बराबरीमा सकियो ।

यस बराबरीपछि जावालखेल शीर्ष ६ मा रहने पक्का भएको छ । १२ खेलबाट १९ अंक जोडेको जावालखेल पाँचौ स्थानमा छ । अब अन्तिम चरणमा पुलिसको नतिजाले जावालाखेल पाँचौ र छैटौँ के हुन्छ निर्णय हुनेछ । जावालखेलभन्दा पछि रहेको नेपाल पुलिसको १७ अंङ्क छ ।

पुलिसले बिहीबार फ्रेण्ड्ससँग लिगको अन्तिम खेल खेल्दैछ । उक्त खेलमा पुलिस बराबरीमा रोकिए वा पराजित भए जावलाखेल पाँचौ हुनेछ । पुलिससे जित हात पारेमा भने जावलाखेललाई उछिन्नेछ । यस्तो भएमा जावलाखेलले पाँचौ हुन अन्तिम खेलमा मनाङ मर्स्याङ्दीलाई हराउनुपर्नेछ ।

६ गोल २ रातो कार्ड

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले ३-३ गोल गरे । दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

हिमालयन शेर्पाका लागि स्टेफन समिर डेइबेनीले २ र विजय श्रेष्ठले एक गोल गरे । जावलाखेलका लागि कुवेर विष्ट, फोडे फोफाना र रुपबहादुर लामाले गोल गरे । शेर्पाले ३ गोल नै पहिलो हाफमा गरेको थियो । शेर्पाले पहिलो हाफमा ३-१ को अग्रता लिए पनि जावलाखेलले दोस्रो हाफमा पुनरागमन गरेको हो ।

खेलको पाँचौ मिनेटमै स्टेपन देइबेनीले गोल गर्द शेर्पालाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा स्टेफेनकै पासमा विजयले गोल गर्दै शेर्पाको अन्तरलाई दोब्बर पारे । ३५औं मिनेटमा जावलाखेलका गोलकिपर अरुण ब्लोन लोनले पेनाल्टी बक्स बाहिर बल ह्यण्ड गरेपछि रातो कार्ड खादै मैदान बाहिरिए । यसको फाइदा हिमालयनलाई भयो ।

तर पहिलो हाफको इन्जुरी टाइममा जावलाखेलका लागि कुवेर विष्टले गोल गर्द गोलअन्तर कम पारे । इन्जुरी टाइममा हिमालयनलका स्टेफेनले गोल गर्दै ३-१ को अग्तरा दिलाए ।

एक खेलाडी कम भएपनि ६० औं मिनेटमा जावलाखेलका फोडे फोफानाले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरे । ६८ औं मिनेटमा निरज बस्नते रातो (दोहोरो पहेँलो) कार्ड खाँदै मैदान बाहिरिएपछि शेर्पा पनि १० खेलाडीमा समेटियो ।

निरज बस्नेतले फल गरेपछि पाएको प्रिकिकमा जावलखेलका रुप हादुर लामाले गोल गर्दा खेल ३-३ को बराबरी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment