Comments Add Comment

विदेशिएकाको घर बिगार्नेविरुद्ध कडा कानुन चाहियो : सांसद पाख्रिन

२९ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्तिमाया तामाङ पाख्रिनले विदेशिएका नागरिकको घरबार बिगार्नेविरुद्ध कारबाही गर्न कडा कानूनको माग गरेकी छन् ।

सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर रोजगारीका निम्ति विदेशिएका युवा युवतीको स्वदेश फर्किदा कमाएर पठाएको सम्पत्तिसमेत गुमाउनुपर्ने अवस्था रहेको भन्दै उनले यसलाई रोक्न कडा कानूनको माग गरेकी हुन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उनले विदेशमा रहेका नेपालीको श्रीमान वा श्रीमतीलाई लोभ्याएर घर बिगार्ने पुरुष वा महिला जो भए पनि कारबाही गर्नुपर्ने बताइन् ।

पाख्रिनको भनाइ उनकै शब्दमा

सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर नेपाली युवायुवती रोजगारीका निम्ति विदेशिएका हुन्छन् । यो नेपाली युवायुवतीको रहर होइन बाध्यता हो ।

खाडीको मरुभूमिमा तपतप पसिना चुहाउँदै श्रम गरी तीन चार बर्षपछि घर फर्किँदा आफ्नो साथमा न त श्रीमान अथवा श्रीमती, न त दुख गरी कमाएको पैसा नै हुन्छ ।

तसर्थ यो नेपाली समाजमा झागिंदो अवस्थामा रहेको विकृति हो ।

श्रीमान विदेश हुँदा अथवा श्रीमती विदेशमा हुँदा घरपरिवार सम्हाल्न नसक्ने महिला र पुरुष वा अर्काको घरपरिवार विगार्ने पुरुष र महिला दुबैलाई कडा भन्दा कडा कानुनको ब्यवस्था गर्नुपर्छ भनी म यस गरिमामय सदनमा सभामुखमार्फत सम्बन्धित निकायसमक्ष माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment