+
+
Shares

सिटिइभिटीद्वारा प्राविधिक शिक्षा सचेतना अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १८:१८

२९ माघ, पोखरा । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषिद् (सिटिइभिटी)को प्राविधिक शिक्षा सचेतना अभियान बुधबारदेखि पोखरामा सुरु भएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षाबारे जानकारी दिने उद्देश्यले देशका बिभिन्न ३ ठाउँबाट यो अभियान सुरु भएको हो । यो अभियान पोखरासहित टिकापुर र जनकपुरमा समेत उद्घाटन भएको छ ।

अभियान उद्घाटन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले गण्डकी प्रदेशमा वार्षिक १४ हजार प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको बताए ।

ब्रजाचार्यले सिटिइभिटीले वार्षिक ७४ हजार जनालाई लामो अवधिको भर्ना क्षमता र ५० हजार जनालाई छोटो अवधिको तालिम दिइसकेको जानकारी दिए । उनले गण्डकीमा १ सय ६४ वटा प्राविधिक शिक्षालयबाट आगामी वर्ष १४ हजार जनालाई प्राविधिक शिक्षा दिने लक्ष्य राखेको सुनाए । गण्डकी प्रदेशबाट करिब ७ हजारलाई लामो अवधि र १० हजारलाई छोटो अवधिको सीपमुलक तालिम दिने लक्ष्य रहेको उनले बताए ।

‘प्राविधिक शिक्षा प्रशिक्षार्थीलाई दिएरमात्रै हुँदैन । यसमा समाज र रोजगारीदाताको पनि सहकार्य हुन जरुरी छ,’ उनले भने । प्राविधिक शिक्षा पाइसकेपछि उनीहरुले रोजगारको अवसर पाएमात्रै समाज परिवर्तन हुने उनले दाबी गरे ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश प्रमुख रामहरी देवकोटाले सिटिइभिटीले दिने शिक्षाबारे अझै पनि आम नागरिकलाई जानकारी नभएको बताए । ‘अभियान सुरु भएको छ । अब यहाँका सामुदायिक विद्यालय तथा समाजमै गएर प्राविधिक शिक्षाबारे जानकारी दिने योजना बनाएका छौं ।’

टिभेट पत्रकारिता पुरस्कार

सिटिइभिटीले अभियान अन्तर्गत नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको प्रवर्द्धनमा नेपालका आमसञ्चारकर्मीको योगदानलाई प्रोत्साहित गर्न ‘पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम सम्बन्धी देशभरिबाट जनचेतना एवं सकारात्मक प्रभाव पार्ने समाचार, लेखलाई पुरस्कृत गर्ने सिटिइभिटीले जनाएको छ । यसमा विभिन्न ४ समूहमा पुरस्कृत गरिनेछ । देशभरिबाट छनोट भएकामध्ये १ जनाले ५० हजार रुपैयाँ नगदसहित ‘टिभेट राष्ट्रिय सर्वोत्तम समाचार पुरस्कार’ प्रदान गरिने छ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमबाट प्राप्त हुने अवसरका विषयवस्तुको प्रचारप्रसार गर्ने जनकपुर, पोखरा र टिकापुरका १ एक जना पत्रकारलाई जनही १५ हजार रुपैयाँ सहित सर्वोत्तम समाचारको पुरस्कार दिइने घोषणा १/१ गरी ३ जनालाई १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखाका उपनिर्देशक अनिल ब्रजाचार्यले जानकारी दिए । पुरस्कारका लागि माघ १८ देखि ०७७ जेठ २० सम्म प्रकाशित हुने समाचारलाई मान्यता दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?