+
+
Shares

नेपाल बिल्ककन एक्स्पोमा महिन्द्राका मोटर ग्रेडर, ब्याकहो लोडर र ब्लाजो ट्रिपर प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २९ गते १८:५६

२९ माघ, काठमाडौं ।  महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ‘आम्दानी जती तपाईको, खर्च जती हाम्रो’ नाराका साथ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोमा महिन्द्राका मोटर ग्रेडर, ब्याकहो लोडर(भीएक्स–९०) र ब्लाजो–२५ ट्रिपर प्रदर्शनीमा राखी ग्राहकहरुलाई स्कीमबारे जानकारी प्रदान गरिएको छ ।

प्रदर्शनीमा राखिएका बिभिन्न मोडलका निर्माण उपकरणहरु ब्याकहो लोडर, ग्रेडर आदी सामाग्रीहरु कम लागत उच्चतम प्रयोग, सस्तो सञ्चालन खर्च, सरल तथा अत्याधुनिक प्रबिधि, उच्च माईलेज र बेजोड कार्यक्षमताको बिषेशता रहेको कम्पनीका कन्स्ट्रक्शन इक्वीपमेन्टका हेड अफ अप्रेशन तारा थापाले जानकारी दिए ।

एसी क्याबिन तथा नन एसी क्याबिनमामा ग्राहकहरुको छनौटको आधारमा ब्याकहो लोडर उपलब्ध गराउँदै आएको, बजारमा रहेका अन्य मेशिन भन्दा कम ईन्धन खपत गर्दै शिघ्र तथा उच्च कार्य सम्पादन गर्न सक्ने ई–मेशिनहरुहरु २ बर्ष अनलिमिटेड बारेन्टी रहेको उनले बताए ।

उक्त एक्स्पोमा बुकिङ/डेलिभरी लिएका कस्टुमरका लागी नगद १ लाख छुट, ४००० घण्टाको सम्पूर्ण सर्भिस मेटेरियल फ्रि अफ कस्टमा उपलब्ध गराइने एमभी दुगड ग्रुपकी पीआर हेड बिमला थापाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?