
१ फागुन, काठमाडौं । ‘जनयुद्ध दिवस’को अवसरमा धनुषाको एक नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
जिल्लाको शहीदनगर नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको हो । जनयुद्धको अवसरमा सार्वजनिक बिदा दिइएको सम्भवतः याे पहिलाे हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले बिहीबार नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जनाएका छन् ।
तत्कालीन माओवादीले ०५२ बाट १० वर्षसम्म सशस्त्र संघर्ष सञ्चालन गरेको थियो । याे संघर्षलाई के नाम दिने भन्नेमा कसरी हेर्ने भन्नेमा मतान्तर रहँदै आएको छ । तर नगरपालिकाले त्यसलाई ‘महान् जनयुद्ध’ भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4