Comments Add Comment

विश्वकपको फाइनल हारेपछि यशस्वी जैसवालले गरे कार गिफ्ट अस्वीकार

९ फेब्रुअरीमा दक्षिण अफ्रिकाको पोचेस्ट्रुममा भएको यू १९ क्रिकेटको फाइनलमा साविक विजेता भारतलाई स्तब्ध बनाउँदै बंगलादेशले पहिलो पटक उपाधि जित्यो ।

चार पटकको विजेता रहिसकेको भारतले उपाधि रक्षा गर्न सकेन । भारतीय टिमका कप्तान यशस्वी जैयसवालले फाइनलमा सर्वाधिक ८८ रन बनाए पनि जितका लागि पर्याप्त भएन । प्रतियोगिताभर उनले सर्वाधिक ४०० रन बनाए । यस्तै म्यान अफ दि सिरिजको अवार्ड पनि पाए । तर विश्वकप ट्रफी जित्न सकेनन् ।

त्यसपछि उनले एक प्रशिक्षकले दिन लागेको कार गिफ्ट पनि अस्वीकार गरेका छन् ।

प्रशिक्षक ज्वाला सिंहले जैसवाललाई विश्वकपमा सर्वाधिक रन बनाएमा कार उपहार दिने घोषणा गरेका थिए । तर जैसवालले विश्वकपमा सर्वाधिक रन त बनाए तर उपहार लिन मानेनन् ।

विश्वकप खेलेर स्वदेश फर्किएपछि ज्वाला सिंहले कार गिफ्ट दिने बताए पनि यशस्वीले यसलाई विनम्रतापूर्वक अस्वीकार गरिदिए । यशस्वीले ज्वाला सिंहलाई ‘बरु गिफ्टमा पुरानो कार दिनुस् र तपाईं आफैँ नयाँ कार राख्नुस्’ भने ।

गत डिसेम्बरमा जैसवाल १८ वर्ष पूरा भएका थिए । त्यसपछि प्रशिक्षकले सोचे कि यशस्वीको ड्राइभिङ लाइसेन्स बन्नेछ र यो नै कार उपहार दिने सही समय हो  । त्यसबेला भारतीय टिम तयारीमा व्यस्त थियो ।

भारतीय टिम दक्षिण अफ्रिका जाने बेला उनै प्रशिक्षक ज्वाला सिंहले भनेका थिए ‘जुन दिन उनीहरु दक्षिण अफ्रिका लागेका थिए । मैले त्यही बेला विश्वकपमा तिमीले सर्वाधिक रन बनायौ भने तिमीलाई कार गिफ्ट गर्छु ।’

यशस्वीले प्रशिक्षक ज्वालाको च्यालेन्ज पूरा गरे र सर्वाधिक रन बनाउने खेलाडीमा अगाडि रहे ।

यशस्वीलाई किटको ब्याग बोकेर प्राक्टिस गर्न जाँदा कठिन हुने देखेर ज्वाला सिंहले उनलाई कार गिफ्ट दिने योजना बनाएका थिए तर १८ वर्ष नपुगेकाले यो काम पूरा हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment